Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कार्यालय प्रमुखलाई किसान तहबाट भव्य विदाई

Posted on November 20, 2024November 20, 2024
Share this post
       

अखण्ड सम्बाददाता
५ मंसिर २०८१ डडेल्धुरा
परम्परागत कृषकलाई व्यवसायिक बनाउन अहं भुमिका खेलेको भन्दै कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुखलाई भव्य रुपमा सम्मान गरिएको छ ।
धान गहुँ दलहन वाली र नगण्य रुपमा तरकारी वाली लगायत परम्परागत र निवाृहमुखि कृषि गरिरहेका अ मरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषकलाई जलवायु मैत्री नमूना कृषि गाउँ स्थापना स्वरुप गाउँ र आसपासका क्षेत्रमा रहेका किसानलाई बिभिन्न संसथाको साझेदारीमा ताजा तरकारी उत्पादन कार्यमा क्रियासिल गराएको र गाउँमा कृषि विकासको नमूना कार्य गरि गुन लगाएकै समयमा कार्यरत कार्यालयबाट सरुवा भई बझाङ जाने क्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुलाई कृषकहरुले भव्य स्वागत गरि धन्यवाद, बधाई तथा शुभकामना दिएका हुन ।
यस अघि बिगत एक दशक देखि बाँझो रहेको जग्गामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपर जोन कार्यालयबाट व्यवसायिक आलु खेति शुरु गरिएको जग्गामा सो परियोजनाबाट ११ सय मिटर तारजाली घेरबार गरिदिए पछि आलु तथा टमाटर, भेडेखुर्सानी, बैगन, पर्सिकाँक्रा लगायत ताजा तरकारी पनि जंगली जनाबर बँदेलबाट सुरक्षित हुने देखे पछि उत्साहित भएका कृषकलाई कृषि ज्ञान केन्द्रको पहल र सहयोगमा गत आर्थिक वर्षमा ३६ जना किसानहरुलाई व्यवसायिक तरकारी खेती प्रणाली र प्रबिधि बारे ज्ञान दिदै ३० परिवारलाई पोलिहाउस सेट, कृषि सामग्री, परामर्श र प्राबिधिक सहयोग गरे पछि सामान्य किसानले पनि प्रारम्भिक चरणमा पचासौं हजारको तरकारी बेच्न सफल भएको कार्यक्रमको उपलब्धी रहेको छ ।
कार्यालय प्रमुख पनेरुको अबिस्मरणिय सहयोग र योगदानको कदर गर्दै सदरमुकामको बजार नजिक, सडकको पहुँच र उत्पादनका लागि अत्यन्त संभावना भएको ग्रामीण क्षेत्र सेलागाउँ, जिलोडाका किसानहरुको जनजीवन उकास्ने कार्यमा यथोचित प्रयास र शुरुवात गरि दिएकोमा उहाँलाई सम्मान स्वरुप किसानहरुको तर्फबाट सम्झेको अवस्थी परिवार समाजका अध्यक्ष समाजसेवी यज्ञराज अवस्थीले बताउँनु भयो ।
शुभकामना तथा बिदाई कार्यक्रमको अवसरमा पनि कार्यालय प्रमुख पनेरुले सो क्षेत्रमा फलफूल र तारकारी खेतीका लागि आवश्यक औजार उपकरणको अभावलाई कृषकहरुले महशुष नगरुन भन्दै ३० जना किसानलाई हाते आरी र कैंचि (सिकेचर) उपलब्ध गराए पछि तरकारी खेतीमा क्रियासिल कृषकहरु हर्षित भएका छन ।
असिग्राम बहुउद्देश्यीय कृषि समूहका अध्यक्ष करुणाकर अवस्थीको अध्यक्षता सम्पन्न भएको विदाई कार्यक्रममा अत्यन्त भावुक भएका कार्यालय प्रमुख पनेरुले आफूले एक वर्षको कार्यकालमा जिल्लाका बिभिन्न स्थानमा रहेका कृषि उत्पादनका बिभिन्न क्षेत्रमा भएगरेका कामलाई निरन्तरता दिदै संभावित क्षेत्रका कृषकलाई सहयोग गरि तरकारी उत्पादनका लागि अग्रणि डडेल्धुरा जिल्लाको अभियानमा एक ईंटा थपेको र सेलागाउँमा रोएिको एक फूल दिगो र सुन्दर रुपमा फूलेको देख्न चाहेको बताएका छन ।
उहाँले सेलागाउँमा शुरु गरिएको जलवायु मैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमको निरन्तरताका लागि कृषक नै सक्रिय एवं जिम्मेवार रहनु पर्ने र ईमान्दारितापूर्वक गुणात्मक रुपमा काम गर्न सके अर्गानिक तरकारी उत्पादनबाट गाउँसमाजको पहिचान सँगै राज्यले परिकल्पना गरेको उद्देश्य लक्ष्य प्राप्तीका साथै गुणस्तरिय उत्पादनबाट आफू र उपभोक्ताको स्वास्थ्य सुधार हुने बताउँनु भयो ।
आफू जहाँ कार्यरत रहे पनि सेलागाउँका कृषकको उदाहरणिय सक्रियता स्मृतिमा रहने बताउँदै व्यवसायिक रुपमा तरकारी खेती गरे राज्यका सबै निकाय लगायत कृषि ज्ञान केन्द्र डडेल्धुरा साथमा रहने विश्वास व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सेलागाउँमा अहिले जलवायु मैत्री नमूना कृषि गाउँ स्थापनाका लागि शुरु गरिएको कृषि सहयोग कार्यक्रम अन्र्तगत ५ भकारो (गोठ) सुधार,३ गड्यौला मल उत्पादन गर्ने चेम्बर, आलु लगायत ताजा तरकारी उत्पादन प्रबद्र्धनका लागि १ मूल सहित ६ शाखा पोखरी लगायतका पूर्बाधार भएकोले तारजाली घेरबार भित्र २८ जना कृषकले आलु लगाएका छन भने ४१ जना किसान ताजा तरकारी खेतीमा क्रियासिल रहेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com