Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कारवाहीको कुनै अर्थ छैन– निबर्तमान सभापति मल्ल

Posted on April 28, 2022April 28, 2022
Share this post
       

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापती तथा सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय कर्ण बहादुर मल्लले प्रदेश सांसदको पद त्यागेका छन ।
२०७४ सालको निर्वाचनमा काँग्रेसबाट डडेल्धुरा क्षेत्र ख मा निर्वाचित भएका मल्लले आफूलाई पार्टीका केन्द्रीय सभापति शेर बहादुर देउवाले हुकुमी शैली र ठाडो आदेशमा पार्टीको सदश्यताबाट निष्कासन गरे पछि नैतिकताका आधारमा साँसद रहनु उचित नभएको भन्दै बैशाख १५ गते विहिवार पत्रकार सम्मेलन गरि प्रदेशसभा सदस्य पद त्यागेको घोषणा गरेका हुन ।
जनताले निर्वाचित गरेका हुन जनताका लागि काम गर्दैछु फेरि पनि जनतासामु जान्छु अन्यायमा परेका जनता नेता कार्यकर्तालाई साथ दिने गरि पदलाई महत्व नदिएको उनले बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सभापती एवं प्रधानमन्त्रि शेरबहादुर देउवासँग आफूले धेरै समय बिताएको, सुखदुःखमा साथ दिएको, उनकै लागि डडेलधुरामा पार्टीको राजनीति गरेको र प्रतिफल पनि दिन सफल भएको जिकिर गर्दै मलाई फेरि दोश्रो पटक पनि कारवाही गर्न सफल हुनु भएकोमा धन्यवाद पनि दिनु भयो ।
क्रियासिल सदश्यता विवाद मिलाउनुको सट्ट जबर्जस्ती एक पक्षिय र अबैधानिक तरिकाले सुरक्षा घेरमा जिल्लाका सबै अधिबेशनहरु गराउनु भयो यो पार्टीको आन्तरिक जीवन र ईतिहासमा नौलो घटना हो, मसँग यति ठूलो ईष्र्या साँध्न पर्खिरहनु भएको रहेछ हामीले न्याय पाउँछौं भन्ने भ्रममा रहेछौं अन्तत त्यहि भयो । हाम्रा मागहरु न त केन्द्रीय समितिले उठायो न नेतृत्वले, बर्तमान केन्द्रीय कार्य समिति पनि निरिह रहेछ ठूलाठूला कुरा गर्ने महामन्त्री लगायतको पदाधिकारी नेताहरुसँग आशा गर्नु पनि भूल रहेछ ।
निवेदन अनुरोध उजुरी सबै वेवास्ता भए पछि हामीले बिकल्प रोज्नुको अन्य उपाय थिएन स्थानीय निर्वाचनमा नेपाली काँग्रेस विपी र नेकपा एमाले डडेल्धुरासंग चुनावी समिकरण गर्नु सहि हो किन भने देउवा जीले अरु दलसँग गठबन्धन गर्न हुने अरुले गर्न नहुने भन्ने कहाँ छ ?के नेपाली काँग्रेसको बिधानमा गठबन्धन गर्र्ने प्राबधान लेखिएको छ ?
उहाँले मलाई गलत नियतका साथ हेरेको एक दशक भयो, गिरिजा वावुले कारवाही गरे पछि उनले बिद्रोह गरेको होईन ? नेपाली काँग्रेस प्रजातान्त्रिक खोलेको होईन ? त्यो पार्टीमा पनि म सँगै उहाँलाई साथ दिएको छु तैपनि म कारवाहीमा परे र १६ वर्ष पछि फेरी ।
साँतौ जिल्ला अधिवेशन एवं १४औँ महाधिवेशनमा बञ्चित त गराईयो नै स्थानीइ निर्वाचन त आमजनताको सरोकारको विषय हो सबैको अधिकारको विषय पनि । के पार्टीको आन्तरिक अन्यायमा परेका नेताले जनतामा पनि जान नपाउँने ? समस्या समाधान र स्थानीइ तहको निर्वाचनमा सम्मानजनक सहभागिताका लागि पटकपटक गरि सात पटक लिखित र मौखिक आग्रह गर्दा पनि सुनुवाई नभए पछि अन्ततः अप्रिय निर्णय गर्न विवश भएका मात्र हौं ।
भाग लिएको थिएन । ४६० क्रियाशिल सदस्यको नाम पार्टीले केन्द्रबाट हटाएको भन्दै उनको समुहले विवाद साम्य पार्न जिल्ला अधिवेशन सार्न माग गरेको थियो । तर देउवा निकटतस्थ पक्षलेले तोकिएकै मितिमा मल्ल पक्षलाई बाहिर राखी अधिवेशन सम्पन्न गराए पछी काँग्रेस डडेल्धुरा दुई खेमामा विभाजन भएको थियो ।
नेपाली काँग्रेस भित्र महामानव विपी कोईरालाको राष्ट्रियता प्रजातन्त्र र समाजवाद त हरायो नै लोकतानित्रक पार्टीको पनि बेईज्जत पनि देउवाजीले गरेका छन । उनको पहिलो र दोश्रो कार्यकालमा पनि पार्टीको बिधान र मातहतका सबै व्यवस्थाहरु औचित्यहिन भएका छन तर पनि अन्य नेताहरु लाचार भएर सभापतिको दासत्व स्वीकार गरिरहेको देख्दा आफूलाई त्यो पार्टीमा बस्नुको कुनै अर्थ नभएको तर अन्य पार्टीमा पनि औपचारिक रुपमा प्रबेश गरि नसकेको बताए ।
यो जिल्लाका जनप्रतिनिधि हुने ? जितेर गएपछि एक पटक पनि जनता मतदातासामु नआउने नेताहरुलाई कसरी नेता मान्ने ? साकुल्यहरुको भरमा जिल्ला चलाउने ? अबत उहाँ लाई पनि हाईसञ्चो भयो होला । यो साँसद पद भन्दा पनि जनता जनार्दनको भावना ठूलो छ हाम्रो अर्जुन दृष्टि र नागरिक दायित्व पनि स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्ने पनि हो । त्यसै महासंग्राममा होमिन सबैलाई आग्रह पनि गर्दछु भन्दै राजन्नतिमा यस्ता उतारचढाव सामान्य कुराको रुपमा आफूले लिएको प्रतिक्रिया पनि दिएका निवर्तमान सभापति मल्लले छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com