Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

उम्मेदवार छान्न दलहरुमा रस्साकस्सी , मनोनयन दर्ताको पहिलो दिन सम्म पनि लागेन टुङ्गो

Posted on April 24, 2022April 24, 2022
Share this post
       

डम्बर निदाल
बैशाख ११ डडेल्धुरा
स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको मनोनयनको पहिलो दिनसम्म पनि डडेल्धुराका राजनीतिक दलहरुले उम्मेदवार तय गर्न सकेका छैनन ।
चुनावी सरगर्मी बढदै जाँदा डडेल्धुराका सात स्थानीय तह अन्र्तगत ५२ वडाहरुका लागि हुने आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रमुख दलहरुमा उम्मेदवार छान्न सकस भईरहेको हो ।
बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नाम मनोनयन दर्ताको पहिलो दिन सम्म राजनितिक दलहरुले उम्मेदवारहरुको नामको टुङ्गो लगाउन नसक्दा तालीका अनुसार पहिलो दिन खेर गएको स्थानीय बताउँछन ।
पार्टी भित्र आकांक्षीहरु धेरै हुनु र गठबन्धनको अनिर्णित बार्ताहरुले उममेदवार छान्ने अन्तिम समय र मनोनयन गर्ने पहिलो दिन समम पनि टिकटका लागि आन्तरिक संघर्ष चलिरहँदा केन्द्रीय पाँच दलिय गठबन्धन पनि औचित्यहिन मात्र भएको छैन पार्टीका नेताहरु तथा दलहरुको क्षमता माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
उम्मेदवार छान्न दलहरुलाई सकस भईरहेको बेला अमरगढी नगरपालिकाको वडा नं. १र वडा नं. ९ मा स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अमरगढी डडेल्धुराका सूचना अधिकारी पुष्पराज जोशीले जानकारी दिएका छन ।
मनोनयनको पहिलो दिन नवदुर्गा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट अध्यक्ष पदमा कबिन्द्र बिष्ट, नेपाली काँग्रेसबाट अध्यक्ष पदमा लक्ष्मी प्रसाद अवस्थी र उपाध्यक्ष पदमा निर्मला कुमारी बोगटी, पर्शुराम नगरपालिकाको नगरप्रमुख पदमा राप्रपाबाट दिर्घराज जोशी, उपप्रमुखमा भागरथी चन्द ठकुरानी, अमरगढी नगरपालिका वडा नं. १ र ९ मा स्वतन्त्र वडाध्यक्ष पदमा, अजयमेरु गाउँपालिका वडा नं. १ मा जनता समाजवादी पार्टीबाट वडाध्यक्ष पदमा १ जना र महिला सदश्य एक जना र खुलामा दुई जना पुरुषको उम्मेदवारी र आलितालमा कुनै पनि पदमा उम्मेदवारी दरखास्त नपरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन ।
यस्तै परेको छैन भने पार्टीको सातौं जिल्ला अधिबेशन तथा १४ औं महाधिबेशनमा बञ्चित गरि पाखा लगाईएका र वर्षौं देखि नेपाली काँग्रेसको राजनीति गरि जनताको सेवा गरिरहेका काँग्रेस कार्यकर्ताहरु स्थानीइ निर्वाचनमा पनि पार्टीले न्याय नदिएको भन्दै अधिकांश नेता कार्यकर्ताहरु नेपाली काँग्रेस विपि बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन तर उम्मेदवारी केहि निश्चित भएको र छलफलमै भएको उम्मेदवारी पनि मनोनयन भने विपी काँग्रेसले गरेको छैन ।
नेकपा एमाले डडेल्धुराले पनि उममेदवार तय गर्न नसक्दा कार्यकर्ता र आकांक्षीलाई निराश पारेको छ, नेकपा माओवादी केन्द्रले अमरगढी नगरपालिकामा नगरप्रमुखको उम्मेदवारको रुपमा समाजसेवी लक्ष्मण सिंहलाई निर्णय गरिसकेकोनगर अध्यक्ष यादव ओझाले जानकारी दिएका छन, उद्यपी पहिलो दिनमा उम्मेदवारी भने दर्ता भएको छैन ।
यस्तै नेकपा समाजवादीले पनि कुनै स्थानमा उम्मेदवारी दिईसकेको छैन, राप्रपा र जनता समाजवादी पार्टीले केहि स्थानमा मनोनयन दर्ता गरे पनि अन्य स्थानमा राष्ट्रिय जनामोर्चा लगायतका दलहरु अन्योल नै रहेका छन ।
आफूलाई ठूलो दल दाबी गर्ने नेपाली काँग्रेसले एउटा पनि उम्मेदवारको टुङ्गो लगाउन नसक्दा काँग्रेस विपिले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा अधिवक्ता हरि भट्टलाई प्रमुख र पदमा गुरुङ्गलाई उपप्रमुख र परशुराम नगरपालिकामा चक्र स्नेही प्रमुख र गोपा थापा उपप्रमुखमा सिफारिस गरेको छ । त्यसै गरी नवदुर्गा गाउँपालिकाको अध्यक्ष पदमा गोकुल बहादुर शाही र उपाध्यक्ष पदमा डम्बरी ओलीलाई उम्मेदवार बनाउने तयारी रहेको बुझिएको छ ।
यस्तै अजयमेरु गाउँपालिकामा लोकराज भट्ट, गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने गरी सहमती भएको विपि काँग्रेसका सभापति तिलक हमालले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले परशुराम नगरपालिका प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महता, अजयमेरुमा उमेश भट्ट विकासलाई अघि सारेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com