Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

उत्साहका साथ योग महोत्सव समापन

Posted on May 27, 2023May 27, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१३ जेठ २०८० डडेल्धुरा
स्वस्थ, सभ्य र समृद्ध नागरिक बनाउन आयोजना गरिएको डडेल्धुरा योग महोत्सव डडेल्धुरा जिल्लाको सदरमुकाम टुँडिखेलमा समापन भएको छ ।
पतंजली योग समिति डडेल्धुरा शाखाको आयोजनामा पतंजली योग पीठ हरिद्वारबाट डडेल्धुरा आईपुग्नु भएको पतंजली महिला नेपालका प्रमुख साध्वी श्री देव आदिति जीको प्रमुख आथित्यता एवं सानिध्यमा उद्घाटित पाँच निःसम्म संचालन भएको निःशुल्क योग विज्ञान शिविरमा दैनिक करिब दुई सय जना साधकको सहभागिता रहेको थियो ।
योग प्राणयाम, अभ्यास, सत्संग लगायत जीवनचर्याका बिबिध विषयमा चर्चा गरिने योग शिविरबाट नागरिकले योग अभ्यास तथा आयुर्बेद औषधिको प्रयोगबाट प्राप्त हुने लाभहरु र मानविय जीवनशैलीमा भोग्नु परेका बिभिन्न रोगका बारेमा प्रशिक्षकले प्रशिक्षण पनि गरेका छन ।
समापन कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले योगको आयोजना आफैमा निस्वार्थ समाजसेवा हो, यस प्रकारका कार्यक्रमहरु वालवालिका र बिद्यार्थी तहमा बिस्तार गरिनु पर्ने धारणा राख्दै आफू पनि नियमित योग अभ्यास गरिरहेकोले यसबाट बहुआयामिक लाभ भएको अनुभव सुनाउनु भयो ।
नागरिक स्वस्थ भए मात्र आम नागरिकमा सुख शान्ति र समृद्धि आउनेमा विश्वस्त रहेको भन्दै शिविरबाट योगका बिधिहरु सिकेर दैनिक जीवनको अंग बनाउनु पर्ने र योगले मानविय स्वास्थ्य प्रबद्र्धन हुने भएकोले शिविर पछि नियमित योग अभ्यासमा लाग्नु पर्नै बताउका छन ।
जेठ ९ देखि १३ गते सम्म संचालन भएको निःशुल्क योग विज्ञान साधना शिविरको समापन कार्यक्रममा महोत्सव सफल पार्न आर्थिक सहयोग, भौतिक सहयोग र व्यवस्थापनमा सहयोग गर्ने सरकारी निकाय, स्थानीय पालिका तथा संस्थाहरु एवं बिभिन्न व्यक्तित्व महानुभावलाई सम्मान पत्र पनि प्रदान गरिएको छ ।
कार्यक्रममा पतंजली योग समिति सुदूरपश्चिम समितिका सहप्रभारी गोबन्द खडायतकी सुपुत्री १३ वर्षिय वालिका मणिश्री खडायतले आफूलाई मुखाग्र कण्ठस्थ रहेको भागवत गीताको १८ अध्याय मध्येको एक अध्याय संस्कृतमा वाचन गरेर सुनाईकी थिईन भने पतंजली योग समिति डडेल्धुरा जिल्ला प्रभारी कैलाश कुमार पाण्डेयले डडेल्धुरामा संचालन भएको योग महोत्सव एक महायज्ञ रहेकाले योग अभ्यासलाई धार्मिक सत्संग यात्राको रुपमा अगाडी बढाई निरन्तरता दिन आग्रह गर्दै पवित्र एवं देवभूमि डडेल्धुराका बारेमा स्कन्ध पुराणमा उल्लेखित विषयमा बारेमा चर्चा गर्दै योग महोत्सव सम्पन्न गर्न हौसला प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
योग र आयुर्बेदको प्रयोग गरौं,, स्वस्थ जीवन जीउन बिभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौं भन्ने मूल नाराका साथ संचालन भएको योग विज्ञान शिविर महोत्सव आयोजना तथा व्यवस्थानपनमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा, अमरगढी नगरपालिका वडा नंं ४ को कार्यालय डडेल्धुरा, नवदुर्गा गाउँपालिका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका डडेल्धुरा, भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्ला आयुर्बे स्वास्थ्य केन्द्र डडेल्धुरा, नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखा लगायका संस्थाहरुले आर्थिक एवं भौतिक सहयोग गरेको पतंजली योग समिति डडेल्धुरा जिल्ला प्रभारी कैलाश कुमार पाण्डेयले जानकारी दिनु भयो ।

थप सूचनामूलक तस्वीरहरु………….

 

 

 


महोत्सवको समापन सँगै कीर्तपुर डडेलधुरामा रहेको योग अभ्यास हलमा अबको कक्षा नियमित हुने र टुँडिखेल नजिकै रहेको शिवाल मन्दिर क्षेत्रमा पनि नियमित अभ्यास कक्षाहरु संचालन पनि हुने भएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com