अखण्ड सम्बाददाता
असोज १५ २०७९ डडेल्धुरा
वर्षातले खराब भएको बाटो सरसफाई नहुँदा डडेल्धुरामा उत्पादन भएको लाखौंको तरकारी कुहिने अवस्था सिर्जना भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोला लकतडामा उत्पादित टमाटर, भेडेखुर्सानी, फर्सि लगायत मौसमी र बेमौसमी ताजा तरकारी बारीबाट निर्यात गर्ने बाटो नखुल्दा बारीबाट टिपेर बजार सम्म पुगाउन समस्या भएको कृषकले बताएका छन ।
परम्परागत कृषि पेशा गर्दै आएका रुवाखोलाका किसानहरुले भागेश्वर कृषि तथा पशुपालन फर्मले गरेको व्यवसायिक कृषि उत्पादनबाट स्थानीयले व्यवसायिक कृषि प्रणालीका बारेमा सिकेको र बीउ, मल आदी पनि सहजै प्राप्त गरेको निबर्तमान वडा अध्यक्ष चेतराम भट्टले बताए ।
उनले भने कुनै बेला त पचासौं जनाले रोजगार पाउँछन भने नियमित रुपमा पनि दशौं जनाले स्थानीय रोजगार पाएका छन, यो फमृको शुरुवात हुने वेला देखि म प्रत्यक्ष देखिरहेको छु यो फर्मले जिल्लाको नाम राखेको छ यसलाई राज्यका निकायहरुले आवश्यक सहयोग गरेर प्रोत्साहन गर्नु पर्छ अन्यथा कहिले बाढीपहिरोले त कहिले बाटोको समस्याले किसान अफठेरोमा पनैृ हो भने केहि गरौं भनने युवा तथा कृषकहरु निरुत्साहित हुँदै जाने छन ।
लकतडामा शुरु गरिएको एकिकृत र बृहत कृषि प्लट भागेश्वर कृषि तथा पशुपालन फर्ममा डेढ करोड स्वलगानी गरिसकेका छन भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन ईकाई डडेल्धुराबाट बाँझो जग्गाको कबुलियति भाडामा आर्थिक सहयोग, १३ हाते ट्रेक्टर अनुदान, सिंचाई पाईप तथा प्लाष्टिक पोखरीमा अनुदान लगायत प्राबिधिक सहयोग, बिभिन्न संरचना निर्माण तथा कृषक उत्प्रेरणामा स्थलगत चरणबद्ध तालीमहरु कृषि उस्मायल पद्धती मार्फत उद्यमशिलता विकास कार्यक्रम सुन्दरपुर कञ्चनपुरबाट गुणस्तर तथा क्षमता विकास कार्यक्रम, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराबाट मत्स्यपालनका लागि पानी पोखरीहरु, कृषि ज्ञान केन्द्र डडेल्धुराबाट ब्लक कार्यक्रम अन्र्तगत बिबिध सहयोग गरेका कारण फर्म यहाँसम्म आईपुगेको फर्मका प्रबन्धक प्रसाद अवस्थीले बताए ।
यस्तै तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने अवस्थीको अभियानलाई गन्यापधुरा गाउँपालिकाबाट पनि ताजा तरकारी व्यवस्थित तरिकाले संकलन तथा निर्यात गर्न तरकारी स.कलन केन्दको संरचना निर्माणमा सहयोग गरेको पनि प्रबन्धक अवस्थीले बताए ।
करिब तिन दशक देखि बाँजो रहेको जग्गालाई २० वर्षका लागि भाडामा लिएर कृषि व्यवसाय शुरु गरेका कृषि व्यवसायी प्रसाद दत्त अवस्थीले दर्जनौं स्थानीयलाई रोजगार दिनुका साथै डडेल्धुराको ताजा तरकारी उपजलाई स्थानीय बजार देखि सुदूरपश्चिम प्रदेशका बिभिन्न बजारसम्म आपुर्ति गर्न सफल भए पनि वर्षातले बाटोको अवस्था बिग्रिदा बारीमा तयार भएको तरकारी कुहिने त्रासमा कृषक अवस्थी रहेका छन ।
धान उत्पादनका लागि चर्चित रुवाखोलाका बिभिन्न फाँटहरुमा पछिल्लो समय कृषि तथा तरकारी उत्पादनको होडबाजी मात्र चलेको छैन कृषकहरुले तरकारीबाट वार्षिक लाखौं रुपैयाँ नगद आम्दानी गर्न सफल पनि भएको स्थानीय बताउँछन ।
डडेल्धुरामा अन्यत्रबाट आयात हुने तरकारीजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने र जिल्लालाई आत्मनिर्भर बनाउँने दिर्घकालिन सोचका साथ आफू अगाडी बढेको र सोहि अनुरुप योजनाबद्ध ढंगले तेस्रो वर्षको बेमौसमी ताजा तरकारी बजार पठाएर खनजोत गरिएको लकतडा र बलतडीमा धान खेती काटेर पुन आलु खेतीमा जाने उनको योजना रहेको बताए ।
अवस्थीले आफू मात्र व्यवसायिक कृष् िगरेनन लकतडा, तिखातर, बलतडी आसपासका अन्य किसानलाई पनि प्ररणा दिई आलुको गुणस्तरिय तथा उन्नत वीउ दिई उत्पादनलाई बजारीकरणमा पनि सुनिश्चित गर्दै कृषकलाई हातोहात मनग्गे आम्दानी गर्ने बाटो पनि देखाएका छन ।
प्रधानमन्त्री शेर बहादुर देउवाको बाँझो रहेको पुख्र्यौली धान खेतमा स्थानीय कृषक व्यवसायी अवस्थीले करिब ३५० रोपनीमा धान, आलु, टमाटर, अदुवा लसुन, ताजा हरियो तरकारी लगायत वीउबेर्ना समेत उत्पादन गरेर जिल्लाकै नमूना कृषि फर्मको रुपमा विकास गरेका छन ।
यसरी आर्थिक रुपले ठूलो जोखिम मोलेर कृषको हकहितमा लाग्नुका साथै उपभोक्ताको भान्सामा ताजा तरकारी पुगाउन अहोरात्र परिश्रम गरिरहेका कृषक व्यवसायी अवस्थी जस्ता दर्जनौं किसान एव्र कृषि फर्महरुलाई उत्साह थप्ने काम र जनताको नजिकको सरकार भउको अनुभूति गराउनु राज्यका निकायको दायित्व भएकोले स्थानीय सरकार, प्रदेश तथा संघिय सरकारले गर्नु पर्ने स्थानीय समाजसेवी तथा पूर्व जनप्रतिनिधि चेतराम भट्टले बताए ।
गत वर्षको बेमौसमी वर्षातले जिल्लाको सबै भन्दा बढि क्षती गन्यापधुरा गाउँपालिकामा भएको थियो, उनको फर्ममा पनि माथीबाटै पहिरो गएपछि पूबाृधार संरचना सहित बारीको तरकारी बाली पनि नष्ट भएको स्मरण गर्दैे बाढीपहिरोले लाखौं लाख क्षती ब्यहोरेका अवस्थीले सामान्य राहत मात्र पाएको गुनासो गरे, यस वर्षको वर्षातले पनि तरकारी पठाउन बाटो नपाउने हो भने काम गरेर के गर्नु भन्दै निरासा प्रकट गरेका छन ।
