Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

उग्रतारा मन्दिर पुरातन शैलीमा निर्माण हुने

Posted on September 25, 2022September 30, 2022
Share this post
       

अखण्ड सम्बाददाता
आश्विन ८, २०७९० डडेल्धुरा
प्रसिद्ध भगवती उग्रताराको मूल मन्दिरलाई प्राचिन र मौलिक शैलीमा निर्माण गरिने भएको छ ।
उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराले शनिवार आयोजना गरेको सर्बपक्षिय बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी, सरोकारवाला वडाका वडाध्यक्ष, पुरातत्व विधाग काठमाण्डौंका अधिकृत एवं उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजना प्रमुख हरि प्रसाद भुषाल सहित उग्रतारा मन्दिर सम्बन्धित बिभिन्न धामी पण्डा कारवारिया देउरा प्रतिनिधि लगायत सरोकारवाला स्थानीय र सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा उग्रतारा मन्दिरको पुर्ननिर्माण संरचनाका लागि विनियोजित रकम कार्यान्वयनका लागि सहमति दिदै आवश्यक संरचना परिमार्जन गर्ने निर्णय गरिएका उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिनु भयो ।
सुदूरपश्चिमकै प्रसिद्ध र विश्व सम्पदा सूचिमा सूचिकृत भएको उग्रतारा मन्दिरको निर्माण संरचना सिमेन्टेडजन्य सामग्रीबाट निर्माण भएको भन्दै सूचिबाट हटाईए पछि पुरातत्व विभागले सिमेन्टेडजन्य सबै सामग्री हटाई दिगो काठ तथा बलियो ढुंगा प्रयोग गरि पुरानै स्वरुपमा मन्दिरलाई आकर्षक रुपले निर्माण गरिने गरि चालु आर्थिक वर्षमै काम सम्पन्न गर्न विभागले काम अगाढी बढाएको अधिकृत भुषालले जानारकी दिएका छन ।
बैठकले गहन छलफल गरि मन्दिरको साँस्कृतिक चलन रितिरिवाज, पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्था र भावनालाई यथोचित रुपमा सम्बोधन गर्दै आकृति प्रकृतिलाई यथावत राखी स्थानीय श्रोतसाधनलाई प्राथमिकता दिएर मन्दिरको बाहिरी भागको सबै संरचना परिबर्तन गर्ने निर्णय समेत गरेको छ ।
निर्माण क्रममा निर्माणकर्ता पुरातत्व विभाग र निर्माण व्यवसायीलाई मन्दिरको आवश्यकता र परम्परानुसार संरचना निर्माण गर्न सहजीकरण तथा सहयोग र कार्यान्वयनका अबधिमा नापनक्सा, लागत ईष्टिमेट बमोजिम काम भए नभएको जस्ता निर्माण कार्यका बिबिध पक्षमा अनुगमन तथा नियमन गर्न स्थानीय पुष्पराज भट्टको संयोजकत्वमा १५ सदश्यीय अनुगमन समिति पनि गठन गरिएको अध्यक्ष साँकीले बताए ।
छलफलमा उग्रतारा मन्दिर स्थानीयबासीन्दाको मात्र सरोकारको विषय नभई राष्ट्रिय एवं धार्मिक सम्पदा भएको र लाखौं भक्तजन दर्शनार्थीको आस्थाको केन्द्र भएको मन्दिर निर्माण कार्यलाई क्रमागत रुपमा काम अगाडी बढाएर पुरातात्विक मापदण्डमा निर्माण गरि पर्यटन आकर्षणको गन्तव्य तथा विश्व सम्पदा सूचिमा सूचिकृतका लागि आवश्यक पहल गर्नु पर्ने बैठकमा उपस्थित सहभागिले सुझाव पनि दिएका छन ।
समितिको निर्णय पश्चात मन्दिरको निर्माण संरचनाको विनियोजित रकम रु. एक करोड बासठ्ठी लाख अन्र्तगत नापनक्सा लागत ईष्टिमेट तयार गरि आर्थिक वर्ष २०७९/०८० मै सम्पन्न गर्न यथाशिघ्र टेण्डर प्रकृया थालनी गरिने विभागका प्रतिनिधि तथा परियोजना प्रमुख हरि प्रसाद भुषालले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com