Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

उग्रतारा मन्दिरमा अष्ठमी मेला

Posted on October 3, 2022October 3, 2022
Share this post
       

अखण्ड सम्बाददाता
आश्विन १७, २०७९ डडेल्धुरा
सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुरा जिल्लाको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा आज अष्ठमी मेला भएको छ ।
सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्राचिनकाल देखि महाअष्ठमी मेला लाग्ने गरेको हो ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला तथा अन्य स्थान लगायत भारतका विभिन्न स्थानहरुबाट खास गरी दशैंको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गरेका छन ।
किम्बदन्ति अनुसार हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाई छ ।
घटस्थापना सँगै दर्शनका लागि घुँईचो लाग्ने उग्रतारामा नित्य पुजा हुने गरेको छ भने महाअष्ठमी का दिन भक्तजनले “यो राँगो कै को, भगवती माँईको” भन्दै राँगा बोका आदी पशुपंक्षीको देवी महाकालीमा बली चढाउने परम्परा रहिआएको छ ।
आजैका दिन उग्रतारा भगवतीका चार देउरा मन्दिरमा सँगै लैजाने र दशैंका दिन फिर्ता ल्याएर भण्डारमा राखिने चलन पनि रहेको छ । अम।गढी नगरपालिका वडा नं. ५ जिलोडामा भण्डार रहेको चौगाउँ देउरो, वडा नंं. ६ छचोडाको देउरो, दमडाको देउरो र वडा नंं. ८ खनमडामा रहेको देउरो अष्ठमीका दिन बिधिवत रुपले लैजानेर चारै देउरा जजुनेउटामा मिलन गरि सँगै मन्दिर प्रबेश गराई साँझ पूजा गरि दशैंका दिन देवता पूजाअर्चना गरि भगवतीको टिका लगाएर देउरा परम्परा बमोजिम भण्डारगृहमा फिर्ता लैजाने गरेको क्षेत्र विकास समिति अध्यक्ष तेज बहादुर साँकीले बताए ।
सत्यको जितका लागि देवी दुर्गाले महिषाशुरको बध गरेको स्मरणमा उग्रतारामा केहि वर्ष पहिले सैयौं बोका रांगा नचढाईने र बलि दिने गरिएको भए पनि त्यो प्रचलन घटदै गएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
महाअष्ठमीमा भगवतीको दर्शन गर्ने भक्तजन तथा वली हेर्ने हजारौं दर्शनार्थीले मेला भरेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com