जिल्ला प्रशासन कार्यालय डडेल्धुराले हातहतियार बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउने उद्देश्यले डडेल्धुरा जिल्लाभित्र रहेका इजाजत प्राप्त गरी विभिन्न ब्यक्तिका नाममा रहेका विभिन्न किसिमकका हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शुक्रबार एक सूचना जारी गर्दै इजाजत लिइ राखिएका हातहतियार बुझाउन सम्बन्धित सबैमा सुचित गरिएको सूचनामा उल्लेख छ ।
आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै इजाजत लिएका हातहतियार यही चैत्र मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सो हातहतियार निर्वाचन सम्पन्न भएपश्चात सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारीले बताए ।