Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

आलु उत्पादनबाट किसान उत्साहित

Posted on May 24, 2023May 24, 2023
Share this post
       

अखण्ड सम्बाददाता
९ जेठ २०८० डडेल्धुरा
डडेल्धुरा जिल्लाको सदरमुकाम छेउमै रहेको सेलागाउँका किसानहरुले व्यवसायिक रुपमा शुरु गरेको आलु उत्पादन पछि हर्षित र उत्साहित भएका छन ।
अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका किसानहरुले उन्नत प्रबिधिको व्यवसायिक आलु खेती सम्बन्धि परामर्श र प्रयोगात्मक तालीम पाए पछि एक क्वीन्टल बीउबाट २४ क्वीन्टल आलु फलाएका छन भने सामूहिक रुपमा लगाएका आलुबाट पनि मनग्गे आम्दानी लिन सफल भएको स्थानीय कृषक डम्बरी देवी अवस्थीले बताए ।
गाउँका २५ जना महिलाहरुले श्री असिग्राम कृषक पाठशाला मार्फत सामूहिक रुपमा एक रोपनीमा पाईलट कार्यक्रमको रुपमा लगाईएको आलु परम्परागत आलु खेती र अन्न वालीको तुलनामा मनग्गे आम्दानी हुने भए पछि खुशी भएका हुन ।
हिउाँदे खेतीको रुपमा गहुँ लगाउने सेलागाउँका कृषकहरु श्री असिग्राम कृषक पाठशाला मार्फत उन्नत प्रबिधिद्वारा आलु उत्पादनमा लदागेको तिन महिनामै व्यवसायिक आलु खेतीबाट चार गुणा बढि नगद आम्दानी गर्न सफल भएको पाठशालाका प्रशिक्षक पदम बहादुर ऐरले बताउँनु भयो । उहाँले मल्चिङ प्रबिधिमा ७ बर्ग मिटरमा ३४ किलो अथवा समग्रमा प्रति क्वीन्टल बराबर २४ क्वीन्टल र परम्परागत प्रबिधिमा ७ बर्ग मिटरमा १६ किलो अथवा समग्रमा प्रति क्वीन्टल बए िबराबर २४ क्वीन्टल आलु उत्पादनबाट किसानहरुले व्यवसायिक आलु खेतीको अबधारणा पाठशालाको कक्षाबाट सिक्न पाएकाले पनि किसान उत्साहित भएको बताउँनु भयो ।
पहिलो पटक भएकाले किसानहरुलाई केहि प्राबिधिक कठिनाई भयो, तिन महिना सम्म जंगली जनाबर बँदेल तथा बाँदरको आक्रमणबाट बचाउन रातभरि दिनभरि कुरे, संरक्षण गरे अब तारजाली भए पछि किसानहरु उत्साहित मात्र भएका छैनन घेरबार भित्र आलु लगायत ताजा तरकारी खेती गरि उत्पादन बढाउने र एकिकृत तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा अगाढी बढाउने लक्ष्य कृषकहरुले राखेको अगुवा कृषक तथा आईपिएम पाठशाला प्रशिक्षक ऐरले बताउँनु भयो ।
गाउँमा केहि वर्ष यता खेती योग्य जग्गा बाँझो रहँदै आएको छ, गाउँमा बस्ने मान्छे पलायन भएर कोहि सडक छेउमा त कोहि तराँई बसाई सराई गर्दा घरहरु पनि उजाड बन्दै गएका छन, खेती गर्दा पनि जंगली जनाबरको सास्ती छ भने गाउँमा राज्यको कुनै पनि सेवा सुबिधा जनताले उपभोग गर्न नपाएका कारण अब हुन सक्ने बसाईसराईलाई रोक्न र गाउँका जनताको सामूहिक आर्थिक उपार्जनको बलियो माध्यम बनाउन र रोजगारीलाई पनि आकपिर्षत गर्न आमीले अवस्थी परिवार समाज मार्फत कदम चालेका हौं यसमा सरोकारवाला निकायले सक्दो सहयोग पुगाउनु भयो र अन्ततः किसानहरुलाई लाभ प्राप्त हुने अवस्था देखिएको अवस्थी परिवार समाज सेलागाएका अध्यक्ष समाजसेवी यज्ञराज अवस्थीले बताउनु भयो ।
गाउँमा आलु खेती देखेर मात्र नभई उत्पादनबाट लिएको लाभबाट रोजगारीका लागि अन्यत्र जाने र सरकारी जागिर मात्र ताक्ने प्रबृतिलाई पनि व्यवसायिक आलुखेतीले आकर्षित गरेको असिग्राम कृषक पाठशालाका अध्यक्ष ओमप्रकाश अवस्थीले बताए ।
मल्चिङ तथा परम्परागत पाईलट प्रोग्राम आलु खेतिमा २५ जना महिलाहरुले सामूहिक रुपमा आलु लगायौं, सामूहिक रुपमै गोडमेल तथा संरक्षण गरियो, सामूहिक रुपमै आलु खनियो अनि देखियो उत्पादन । यो वर्षे खेती रोपाई गर्ने र धान काटेर आगामी सिजनमा सबै आलु खेती लगाउने सोचमा छौं स्थानीय धना देवी अवस्थीले बताए ।
सेलागाउँमा आलु खेती मात्र नभई अन्य ताजा काउली बन्दा, भेडे खुर्सानी, टमाटर खुर्सानी, रायो मूला धनियाँ गाँजर लगायतका तरकारी वाली तथा बिभिन्न प्रकारका फलफूल वाली र फ्लोरिकल्चरका लागि पनि उच्च संभावना रहेको छ जो जे गर्न सक्छ त्यस वालीलाई ब्राण्ड फार्मर बनाएर अगाडी बढने सोच हामीहरुको रहेको श्री असिग्राम कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष यज्ञराज अवस्थीले बताए ।
गाउँका महिलाहरुले व्यवसायिक आलु खेतीको जगेर्ना गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इृका आलु सुपर जोन कार्यालय डडेल्धुराको सहयोगमा ११ सय मिटर तारजाली घेरबार पनि गरिरहेका छन भने आगामी मौसममा गाउँभरि आलु खेती शुरु गर्ने किसानहरुले बताएका छन ।

आलुखेतीलाई व्यवसायिक र व्यवस्थित बनाउन सेलागाउँका किसानहरुले सिंचाई, खानेपानी, ंआलुबारीमा सोलार बत्ती, ग्रामीण सडकको स्तरोन्नती, उत्पादन निर्यात गर्ने सार्बजनिक बाटो निर्माण तथा स्तरोन्नती, आलु खेतीयोग्य जग्गाको बिस्तार र थप जग्गामा घेरबार, किसान सामुदायिक भवन, सार्बजनिक भवन लगायत गाउाका बिभिन्न आवश्यकता पहिचान गरि जिल्ला स्थित बिभिन्न सरकोरवाला निकाय र स्थानीय तह अमरगढी नगरपालिकामा आगामी वर्ष तथा बहुवर्षिय रुपमा कार्यान्वयन हुने गरि लिखित रुपमै योजना माग पनि गरेको समाजका कोषाध्यक्ष डम्बरी देवी अवस्थीले जानकारी दिनु भयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com