अखण्ड सम्बाददाता
१९ श्रावण २०७९
नेपाल सरकारले मंसिर ४ गते आईतबारका दिन आगामी आम निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन ।
प्रतिनिधि सभा र प्रदेश सभाको संसदिय निर्वाचनका लागि आयोगले मंसिर २ गते उपयुक्त हुने गरि अषाढ २२ गते नै सरकारलाई निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।
सरकार सत्तासिन गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार मंसिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक तर्फ ११०र सात वटै प्रदेशसभा सदश्यका लागि ३३० र समानुपातिक तर्फ २२० सांसदका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
