Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

आचार संहितामा ध्यान दिन आग्रह

Posted on April 21, 2022April 21, 2022
Share this post
       

डम्बर निदाल, बैशाख ८ २०७८डडेल्धुरा
डडेल्धुराका सात स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय स्थापना सँगै आवश्यक तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
जिल्ला स्थित क्रियासिल सञ्चारकर्मीसँग विहिवार गरेको अन्र्तक्रियात्मक छलफलमा निर्वाचन आयोगको सर्कुलर बमोजिम आवश्यक जनशक्ति, सुरक्षाकर्मी व्यवस्थापन, मतदान स्थल र केन्द्रको अवस्थाका बारेमा अनुगमन भई भौतिक पूर्बाधार र सेवासुबिधाको अवस्था लगायतको तथ्यांक संकलन सहित आज देखि जिल्लाको मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भई स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम अघि बढेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिएका छन ।
८० मतदान स्थल र १२६ मतदान केन्द र ९० हजार ११९ मतदाता रहेको डडेल्धुरा जिल्लाका सात स्थानीय तहका मतदान केन्द्रहरुमा स्थानीय स्वयंसेवक ३७८, मतदान अधिकृत सहित ६२१ जना कर्मचारी र मतदान स्थलको आवश्यकता र सुरक्षा योजना अनुसार म्यादी प्रहरी सहित सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।
डडेल्धुरा जिल्लामा संबेदनशिल मतदानस्थल ४०, अति संबेदनशिल २१ र सामान्य अवस्थाका मतदानस्थल १९ रहेको र उपरोक्त मतदान स्थल तथा केन्द्रलाई एकिकृत सुरक्षा प्रणाली बमोजिम व्यवस्था गरिएकोले स्थानीय तहको निर्वाचनलाई सुरक्षित सभ्यभव्य रुपमा सम्पन्न गर्न चुस्तदुरुस्त र प्रभाबकारी बनाउन सरोकारवालाको समन्वय एवं सहयोगमा सकभर त्रुटिरहित ढंगले काम अगाढी बढाईने समेत प्रजिअ जोशीले जानकारी दिएका छन ।
अन्र्तक्रिया कार्यक्रममा सञ्चारकर्मीले निर्वाह गर्नु पर्ने भुमिका र समग्रमा आचार संहिताको पालना सहित निर्वाचनमा आचार संहिताको पालना भए नभएको, अनुगमन नियमन र स्वच्छ स्वस्थ निर्वाचन परिणाम अवस्थाका बारेमा पनि छलफल भएको छ भने सहभागि पत्रकारले निर्वाचन सम्बन्धित आवश्यक सूचना उपलब्धताको विषयमा जिल्लाको संयन्त्र प्रभाबकारी र गुनासो रहित बनाउन आग्रह पनि गरेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com