Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अमेरिकामा सुदुर पश्चिमेली समाज

Posted on May 26, 2023May 26, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१२ जेठ २०८० केन्टुकी अमेरिका
आफ्नो मौलिक भाषा परम्परा र संस्कृतिलाई जगेर्ना गर्न अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको सहरमा बसोबास गर्दै आएका सुदुर पश्चिमेलीहरुले सुदुर पश्चिमेली भाषा तथा संस्कृति जोगाउन अमेरीकामा सुदुर पश्चिम समाज गरिएको छ ।
सुदुर पश्चिम क्षेत्रको मौलिक संस्कृति चाड पर्वहरु गौरा,विसु,देउसी भैलो, होलि रमाइलोका साथ मनाउदै आएका करिब ९० परिवार भन्दा बढी बसोबास गर्ने सुदुरपश्चिमेलीहरुले डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ३ दावली जन्मेका उद्धव राज उप्रेतीको अध्यक्षतामा सुदूर पश्चिम समाज लेक्जिन्टन केन्टुकीको स्थापना गरिएको जनाएका छन ।
करिब १५० जनाको उपस्थितिमा आयोजित कार्यक्रममा २ बर्षको कार्यकाल रहने ब्यबस्था सहित गठन गरिएको सुदूर पश्चिम समाज केन्टकीको दोस्रो साधारणमा सचिब श्री मान बहादुर शाहले प्रस्तुत गरेको “सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३ लाई सभाले पास पनि गरेको छ ।
समाजका उपस्थित जेष्ट नागरिक श्री रामचन्द्र जोशीले उद्घाटन गर्नु भएको उक्त सभामा समाजका अध्यक्ष श्री उद्धव राज उप्रेतिले बिगतमा भएका गतिबिधिका साथै अघिल्लो २ वर्षको कार्य बिवरण पेश गर्नु भएको थियो भने निवर्तमान कोषाध्यक्ष्य श्री बिपिन पन्त समाजको आय व्यय तथा जिन्सी विवरण प्रस्तुत गर्नु भएको थियो । २ वर्षको लागि सर्बसममत चयन गरिएको कार्य समितिमा उपाध्यक्ष मानब शाह महिला उपाध्यक्ष बसन्ती बिष्ट सचिव सुरेन्द्र सिंह ऐर सह सचिव निरज शर्मा कोषाध्यक्ष सुजन सिंह ऐर सदस्यहरुमा नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही रहेका छन ।
साथै समाजको सल्लाहकार समिति संयोजक चुडामणि अवस्थी सदस्य रेखा जोशी र नरेन्द्र कलौनी युवा उपसमिति संयोजक प्रकाश थापा सदस्यहरु प्रयाग बि.क., निर्मल गिरि, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत रहेको जनाएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com