Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अमेरिकामा पनि गौरा पर्व

Posted on August 27, 2023August 27, 2023
Share this post
       

उद्धवराज उप्रेती, केन्टकी अमेरिका
(अखण्ड सम्बाददाता)
१० भाद्र २०८० डडेल्धुरा
सुदुर पश्चिमेलीहरुले बिगत जस्तै यो वर्ष पनि २०२३ सालको गौरा पर्ब केन्टकी राज्यको लेक्जिडटन शहरमा धुमधाम साथ मनाएका छन।

यस गौरा पर्बमा यस पटक पनि नेपाली समुदायका विभिन्न उमेर समुहका बेक्तित्वको उल्लेखनिय सहभागिता पाइयो। गौरापर्बको ब्यबस्थापन गर्ने कार्य समाजकै कार्य समिति सदस्यहरु र प्रसाद तथा भोजन ब्यबस्थापन टोलिले गरेको थियो भने गौरि महेश्वरको प्रसाद बिरुडा बनाउन समाजका सदस्य नारायण भट्टले सहयोग गर्नु भएको थियो ।

यस पटक भने गौरी देबीको आकृति भएको प्रतिमाले भने छुटै रौनक छाएको थियो । उक्त आकृति तथा सजावटको कार्य समाजका सदस्य नारायण भट्ट, सचिब सुरेन्द्र सिंह ऎर र समाजसेबी सुरेश शर्माले गर्नु भएको थियो।

बिगतमा गौरा कार्यक्रममा खानेकुरा तथा प्रसाद पटलक गरि ब्यबस्थापन गर्ने कार्यलाई भने निरन्तरता नदिएर शेल्टरमै तयार पर्ने कार्य ब्यबस्थापन टोलिले गरेको थियो। उक्त परिकार तयार पर्न आबस्यक स्रोतको बन्दोबस्थ सुदुर पश्चिमेलीहरुले सहयोग संकलन गरि गरेका थिए। समाजले गर्दै आएको विभिन्न कार्यको प्रसंसा गर्दै अन्य समाजसेबीहरुले पनि सहयोगी हात बढाएको देखिन्छ।स्रोत संकलनको जिम्मा समितिका सदस्य संजीव मार्कले गर्नु भएको थियो। गौरापर्बको धार्मिक विश्वासका साथै महत्व बारे गौरा कार्यक्रमको संचालन, वर्तमान सुदुर पश्चिम समाजका सल्लाहकार समितिका संयोजक तथा पूर्व समितिका उपाध्यक्ष चुडामणि अवस्थीले गर्नु भएको थियो।

साथै गौरी देवीको महत्वबारे जी एस खनाल र डम्मर खड्काले गजल तथा कविता प्रस्तुत गर्नु भएको थियो। सुदुर पश्चिमेलीहरुले मनाउने गौरामा खेलिने विभिन्न खेल मध्ये देउडा पनि एक हो। देउडा खेलमा संस्थाकि सदस्य श्रीमती अर्चना शाही र समाजसेबी धबल ठगुन्नाले अगुवाई लिनु भएको थियो।

यस पटक गौरी महेश्वरको आकृति तयार पर्ने प्रयास गरिएको थियो उक्त गौरी महेश्वर नचाउने कार्य सुदुरका महिलाहरुका साथै अन्य महिलाहरुले पनि आकर्सक रुपमा नचाउने कार्य गर्नु भएको थियो। गौरी महेश्वरको खेल सम्पन्न भए पछि फल फाटकाउने कार्य झनै रमाइलो थियो।
यसरि विभिन्न चरणमा सम्पन्न कार्यक्रममा उपस्थित सुदुर पश्चिमेली तथा अन्य नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई सुदुर पश्चिम समाज केन्टकीका अध्यक्ष्य उद्धव राज उप्रेतिले गौरा पर्वको शुभकामना दिदै कार्यक्रम सफल पर्न सहयोग गर्नुहुने सम्पूर्ण सदस्य तथा समाजसेबीहरुलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

अन्तमा कार्यक्रम समापनको अबसरमा समाजका अध्यक्ष उद्धवराज उप्रेतिले भोजन ब्यबस्थापन टोलिका साथै संस्थालाई आर्थिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई सुदुर पश्चिम समाजका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिदै आगामी कार्यमा सुदुर पश्चिमेली परिवारका साथै अन्य नेपाली समुदायको सदा साथ र सहयोगको कामना गर्दै यस बर्षको गौरा सम्पन्न भएको घोषणा गर्नु भएको थियो।
समाचार साभार–ईनेप्लीज , अमेरिकाबाट संचालित अनलाईन पत्रिका

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com