Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अन्तिम निर्णय गर्ने अधिकार जनतासँग मात्र छ– प्रदेश माननीय मल्ल

Posted on April 5, 2022
Share this post
       

डडेल्धुरामा छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित नेपाली काँग्रेसले स्थानीय तहहरुमा अग्रज कार्यकर्ताहरुसँग भेटघाट तथा बृहत कार्यकर्ता भेला संचालन गरेको छ ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा एकपक्षिय रुपले पार्टीको अधिबेशन गरि अगाडी बढेर आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन को तयारी स्वरुप वडा पालिकामा रहेका पिडित क्रियासिल सदश्यहरु र अग्रज नेता कार्यकर्ताहरु बिच अन्र्तक्रिया गरि सुझावसल्लाह संकलन सहित आगामी रणनीतिका बारेमा नेपाली काँग्रेसका केन्द्रीय सभापतिको जन्मथलो, गृहपालिका गन्यापधुरा गाउँपालिकाबाट प्रारम्भ गरिएको जनाईएको छ ।
स्थानीय लब्ध्प्रतिष्ठित व्यक्तित्वहरु, गाउँसमाजका अग्रज र सम्मानित व्यक्तित्वहरु, महिला तथा पुरुष अग्रज क्रियासिल सदश्यहरु लगायतको भव्य उपस्थिति रहेको भेटघाट भेलामा लोकतन्त्र सबैको साझा फूलवारी भएकोले यहाँ कसैलाई निषेध गरिए त्यसको ठूलो मूल्य चुकाउनु पर्ने वक्ताहरुले बताएका छन ।


डडेल्धुराको गन्याप धर्तिले पहिलो सपुत शेर बहादुर देउवा र दोश्रो सपुत कर्ण बहादुर मल्ल जन्माएको छ, हामी चारतारे झण्डा र चुनाव चिन्ह रुख मात्र चिन्दछौं यदि अन्याय दोहोरिए त्यस दुर्घटनाको जिम्मा कसले लिने हो समयमै सोच्न डडेल्धुराका अभिभावक देउवाजीलाई आग्रह पनि गरिएको छ ।
काँग्रेस एक्लै सक्षम र जनताको प्रिय राजनीतिक दल भएकोले कुनै पनि गठबन्धनको पक्षमा छैन, हात काटन तयार छौ. तर गठबन्धनको चुनाव चिन्हमा मतदान गर्न बाध्य छैनौं भन्दै केन्द्रीय नेतृत्व प्रति आक्रोस पोखेका प्रधानमन्त्री देउवाका गाउँपालिका क्रियासिल सदश्यहरुले काँग्रैस माथी पुन अन्याय हुन नदिन सुझाव दिएका छन ।


बन्दुकको नालबाट संकटकालको बेलामा काँग्रेसलाई बचाउने हामी जस्ता वास्तविक काँग्रेसलाई कथित अधिबेशनको अन्याय पनि स्वीकार छैन के काँग्रेस बचाउनु गल्ती थियो के काग्रेसका लागि संघर्ष गरेको उपहार यहि हो भन्दै र कथित गठबन्धनको चुनावी तालमेल पनि अपवित्र भएकोले यसमा जनता खुशी छैनन भन्दै नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले केनद्रीय सभापतिसँग गुनासो गरिन । बर्तमान प्रधानमन्त्रीले नै आम क्रियासिल सदश्यहरु माथी जबर्जस्त अन्याय गरेका छन अब स्थानीय तहको निर्वाचन पनि सत्ता, शक्तिको प्रभाव र कुरौटेहरुको जालमा फसेर फेरी गल्ती गर्नु भयो भयो डडेल्धुरामा अप्रिय परिणाम निश्चित छ ।
क्रियासिल सदश्यहरु पार्टीका मेरुदण्ड हुन, केहि बिचौलियाहरुले संगठनलाई ध्वस्ता पारिसके यो कुरा नेतृत्वले कहिले बुझने ? आफ्नालाई टाढा राख्ने अरुसँग सम्बन्ध जोडने प्रबृतिले काँग्रेस प्रतिको आस्था कमजोर हुँदै जाने सहभागिले बताए । डडेल्धुरा जिल्ला नेपाली काँग्रेसको किल्ला अहिले सम्माननीइ प्रधानमन्त्रीको कमजोर मानसिकताका कारण गठबन्धनको किल्ला बन्दैछ जो दुखद र अप्रिय मात्र छैन संकटकालमा ज्यान लिएका दुख पाएका काँग्रेसजन प्रतिको अपमान पनि हुने छ भन्दै फेरि हुन गईरहेको अन्यायका बिरुद्ध संघर्ष जारी राख्न अग्रज क्रियासिल सदश्यहरुलाई दलित काँगेस नेता भरत नेपालीले आग्रह गरेका छन ।

कार्यक्रमका प्रमुख अथिति सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदश्य कर्ण बहादुर मल्लले २०४८मा यहि गन्यापको थलोमा अन्यायका बिरुद्ध आफूले संघर्ष गरेको जेलनेल भोगेको जिब्रोमा करेन्ट लगाईएको र प्रताडित भएको भाषण गरेका प्रधानमन्त्री देउवाले आज आफै निरंकुश कसरी भए किन भए भन्दै आफूहरु माथी पनि अन्याय भए जनताका माझमा जान प्रजातन्त्रमा कसैले रोक्न नसक्ने बताए ।
अन्यायका बिरुद्ध लडन सिकाउने देउवा जीले नेपाली काँग्रेसको ईतिहासमा दर्ज हुने गरि अप्रिय काम गरेका छन, १३ औं महाधिबेशनसम्म कुनै पनि ईकाईका सभापति बाहिर राखेर अधिबेशनहरु नभएको जिकिर गर्दै त्यस्तो प्रमाण ल्याउन चुनौति पनि दिएका छन । षडयन्त्रको पराकाष्टा नाँघी रहेको अवस्थमा हामी जनता सामु आएका छौं र आउँने छौं ।
ऐतिहासिक पार्टीलाई सौदाबाजी गरेर जनतालाई चारतारे झण्डा र एक रुख को सट्टा पाँच झण्डा भएको पाँच चुनाव चिन्ह दिने अधिकार कसले दियो के स्वाभिमानी जनताले स्वीकार्लान के छ पटक जनताले त्यसैका लागि जिताएर पठाएका हुन भन्दै सहभागिलाई प्रश्न गरेका छन । अमूक व्यक्तिको अभिष्ट पुरा गर्ने यो गैरजिम्मेवार निर्णय जनता मान्ने पक्षमा छैनन ।


गन्यापधुरा गाउँपालिका वडा नंं.२का सभापति रमेश मालीले संचालन गरेको बृहत कार्यकर्ता भेला कार्यक्रममा करिब ६ सय भन्दा बढि काँग्रेस शुभचिन्तक सर्बसधारणको सहभागिता रहेको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com