Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अध्यापन अनुमतिपत्रको परिक्षा सम्पन्न, वीपी काँग्रेसको सर्बत्र प्रसंशा

Posted on August 13, 2022August 13, 2022
Share this post
       

अखण्ड खबर सम्बाददाता
२८ श्रावण २०७९ डडेल्धुरा
अध्यापन अनुमतिपत्र लिखित परिक्षा डडेल्धुरामा सम्पन्न भएको छ ।
सुदूरुपीश्चमका पहाडी सात जिल्लाका करिब तिन हजार दुई सय पचास परिक्षार्थीको लागि शिक्षक आयोगद्वारा तोकिएका १३ केन्द्रहरुबाट परिक्षार्थीले लिखित परिक्षा दिएको शिक्षा समन्वय ईकाई कार्यालय डडेल्धुराले जनाएको छ ।
परिक्षाका लागि सुदूरपश्चिमका दार्चुला बैतडी बझाङ। अछाम बाजुरा डोटीबाट डडेल्धुरा आई पुगेका पुरुष तथा महिला परिक्षाथीृका लागि होटल आवासहरु अभाव भए पछि डडेल्धुराका राजनीतिक दलहरु, जिल्ला प्रशासन कार्यालय, सामाजिक संघसंस्थाहरु लगायतले बस्ने व्यवस्था नभएका अथितिहरुलाई आवास व्यवस्थापनमा सहयोग गरेका छन ।
शनिवार परिक्षाका लागि विहिवार नै डडेलधुरा पुगेका परिक्षाथीहरुलाई आवासका लागि नेपाली काँग्रेस (वी.पी.)को युवा संयन्त्र नेशनल युथ काँग्रेसद्वारा परिचालित १३ वटा टिमले १८ सय शुद्ध पिउने पानकिा बोतलहरु, दुई हजार जति कोरोना सुरक्षाका लागि मास्क बितरण गरेको छ ।
यसै गरि नेपाली काँग्रेस (वी.पी.)को सेवा दलद्वारा बिभिन्न परिक्षा केन्द्रमा जाने लगभग ५४० जनालाई तिन वटा सार्बजनिक बस भाडामा लिई निशुल्क यातायात सेवा दिई परिक्षा केन्द्रमा जाने र फर्किने कार्यमा पनि सहजीकरण स्वरुप परिक्षार्थीहरुलाई सुबिधा पुगाएको सेवा दलका सदश्य तिलक हमालले बताए ।
निशुःक आवास व्यवस्थापन, यातायात सेवा र शुद्ध पिउने पानीको व्यवस्था प्रति डडेल्धुराको अथितिको रुपमा रहेका परिक्षार्थीले डडेल्धुराबासीको प्रसंशा गर्दै बिभिन्न अभाव र समस्याबाट आफूहरुलाई अबिस्मरणिय राह महशुष भएको एक परिक्षार्थीले अखण्ड खबर अनलाईनलाई बताए ।
यसरी परिक्षार्थी सहित पारिवारिक सहयोगीहरुलाई परिक्षा केन्द्र डडेल्धुरामा आउँदा आफूहरुलाई डडेल्धुराबासीहरुले देखाएको मानविय धर्म, सत्कार व्यवहार र सुरक्षाको प्रत्याभूतिको सह्राना गर्दै उपलब्ध सेवा सुबिधाका लागि धन्यवाद पनि व्यक्त गरेका छन ।

डडेल्धुरा जिल्लामा बासको व्यवस्थापनको लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बेस क्याम्पले समन्व्यकारी भुमिका खेलेको थियो भने होटेल व्यवसायि संघ, अमरगढी नगरपालिका, नेपाली काँग्रेस जिल्ला कार्य समिति , नेकपा एमाले, नेपाली काँग्रेस विपि, नेपाल पत्रकार महासंघ, खलंगा खानेपानी उपभोक्ता समिति, योग समिति डडेल्धुरा, निर्माण व्यवसायी संघ, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसायटी, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, डडेल्धुरा क्याम्पस डडेल्धुरा, डडेल्धुरा अस्पताल, डडेल्धुरा आँखा अस्पताल, नेकपा समाजवादी,क्याम्व्रीज पव्लिक स्कुल, सरस्वती मा.बी. भात्काँडा लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाएवं समाजसेवी व्यक्तित्वहरुले बासस्थानको व्यवस्थाको लागी समन्वय सम्पर्क र आवश्यक सहयोग गरेका थिए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com