योगेन्द्र रावल
बैशाख २८, २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लको भागेश्वर गाउँपालिका वडा नंं. ५ चुल्ल मा बिजुलीका पोल र उपकरण बाटोमा १५ महिना देखि अलपत्र परेका छन । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा उज्यालो भागेश्वर बनाउने योजना अन्र्तगत चुल्ल गाउँमा बिजुलीका पोल ठड्याईएको एक वर्ष बितिसक्दा पनि बिजुलीका तार, ट्रान्सफर्मर लगायतका उपकरण र सामग्रीहरु सडकको छेउमा फालिएको देख्दा स्थानीयको मन खिन्न भएको स्थानीय सिताराम जोशीले बताए ।
९३ लाखको टेण्डरमा बिजुलीका पोलहरु गाडे वाफत पैंसा पनि जनताले पाएका छैनन भने तार तान्न पटकपटक दबाब दिईरहँदा पनि सम्बन्धित ठेकेदार सन्तोष भट्टले वेवास्ता गरिरहेको स्थानीयले गुनासो गरे ।
करिब ८५ घरधुरी परिवार रहेको भागेश्वर गाउँपालिकको दुर्गम बस्तीमा गाउँभरि रित्तै रहेका बिजुलीका पोलहरुमा दोश्रो आर्थिक वर्षको अन्तिम सम्म पनि काम पुरा नहुँदा स्थानीय पालिका र जनप्रतिनिधिहरुलाई कार्यकालको कार्यसम्पादनलाई गिज्याईरहेको एक स्थानीयले बताए ।