Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अझै अन्याय भए जनतामा जाने– सभापति मल्ल

Posted on April 1, 2022April 1, 2022
Share this post
       

  1. अखण्ड सम्बाददाता
    नेपाली काँग्रेस डडेल्धुराको छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समितिले स्थानीय निर्वाचन केन्द्रीत छलफल शुरु गरेको छ ।
    सभापति कर्ण बहादुर मल्लको सभापतित्वमा समितिका पदाधिकारी, महाधिबेशन प्रतिनिधि, स्थानीय निर्वाचन २०७४मा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि, बिभिन्न ईकाई सभापतिहरु लगायत भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि र क्रियासिल सदश्यहरुका बिच अन्र्तक्रिया गरि आगामी स्थानीय निर्वाचनमा हुने सहभागिताका बारेमा महत्वपूर्ण छलफल गरि नेपाली काँग्रेस डडेल्धृुराको क्रियासिल सदश्यता विवाद र आन्तरिक विवाद समस्या समाधानको पहलका लागि केन्द्रीय सभापति सहित केन्द्रीय समितिलाई लिखित अनुरोध गर्ने निर्णय पनि गरेको सभापति मल्लले जानकारी दिएका छन ।
    छलफलमा जिल्लाका बिभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्दै पार्टी कार्यालय पुगेका पिडित काँग्रेसजन क्रियासिल सदश्यहरुले आफ्ना पिडा पोख्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापतिको गृह जिल्लामा विकसित विवादले आगामी सबै निर्वाचनमा पार्टीलाई ठूलो क्षती हुन सक्ने तर्फ सचेत गराउँदै सहभागिले विवाद समाधान गरि स्थानीय निर्वाचनमा सबैलाई समेटेर लैजान सुझाव दिएका छन ।
    कार्यक्रममा कथित सातौं जिल्ला अधिबेशन तथा १४ औं महाधिबेशनका लागि क्रियासिल विवाद सिर्जना गरि एकतर्फी र जबर्जस्ती रुपमा गरिएका अधिबेशनहरु अस्वीकार गर्दै दशकौं देखि क्रियासिल नेता कार्यकर्ता एवं क्रियासिल सदश्यहरुको भावना माथी खेलवाड गरेको र स्थानीय निर्वाचनमा पनि पाखा लगाईए २०४८ देखि अनबरत रुपमा पार्टीलाई बिभिन्न सहयोग गर्दै आएकालाई आफ्नै जनप्रतिनिधिबाट अपमानित भएका नेता कार्यकर्ता काँग्रेस शुभचिन्तक आम जनता र मतदाताहरुमा बिचलन आउने तर्फ नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन ।
    पार्टी एकताको भावनालाई मनन गरि गरिएका प्रयासहरुलाई भ्रमात्मक रुपले फैलाईएको र अबैध काँग्रेसद्वारा गरिएको बार्ताको नाटक औचित्यहिन भएको भन्दै पटकपटकको अनुरोधलाई केन्द्रीय नेतृत्वले वेवास्ता गरे वा संबेदनशिल नदेखिए आम जनता माझ जान अप्रिय कदम समेत चाल्नु पर्ने अवस्था आउँन सक्छ भन्दै पार्टीका शुभचिन्तक सहभागिले सुझाव दिएका छन ।
    दुई महिना अघिको अन्र्तक्रिया अनुसार आगामी स्थानीय निर्वाचनमा अन्यायमा परेका नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्न केन्द्रीय स्तरका नेताकार्यकर्तासँग पनि छलफल गरेकोमा केहि ढिलाई हुन गएको भए पनि उहाँहरुले पनि सकारात्मक आश्वासन दिएकोले आत्तिनु पर्ने अवस्था छैन यद्यपी फेरी पनि अन्यायको पुनराबृति भए जनता सामु जनमतका लागि जान पछि नहटने छैटौ जिल्ल अधिबेशनबाट निर्वाचित सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय कर्ण बहादुर मल्लले उद्घोष गरेका छन ।
    कार्यक्रममा डडेल्धुरा जिल्लामा रहेका काँग्रेस मध्ये ८० प्रतिशत अन्यायमा परेका छन, केन्द्रीय सभापति देउवाले अझै पनि सोच्ने बेला छ न्यायिक रुपले स्थानीय निर्वाचनमा जनमत आधार भएका उम्मेदवारका आकांक्षी सबैलाई समेटेर लगे पार्टीले गठबन्धन गर्नु नपर्ने तर सत्ता र शक्तिको दुरुपयोग गर्दै एकपक्षिय रुपमा निर्वाचनमा गए पार्टीको पराजय निश्चित रहेको जसको जिम्मा प्रधानमन्त्री स्वयंले लिनुपर्ने सहभागिले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com